२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लबिङ गरिरहेका छन् युवा नेता : दुर्गा प्रसाईं

सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लबिङ गरिरहेका छन् युवा नेता : दुर्गा प्रसाईं

महाधिवेशन प्रतिनिधिसँग कुराकानी गरिरहेका प्रसाईंले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लबिङ गरिरहेका छन् । महाधिवेशनको बन्दशत्र स्थलमा प्रसाईंसँग फोटो र सेल्फी खिच्न कार्यकर्ताको घुइँचो लागेको छ ।

झापाबाट महाधिवेशन प्रतिनिधि चयन भएका प्रसाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खरो अभिव्यक्ति दिएर चर्चामा रहन्छन् ।

हालसालै उहाँले आगामी चुनावमा प्रचण्डलाई पराजित गराउने दाबीसहित उनले जितेमा आफू जीवनभर उनको चालक बन्न तयार रहेको टिप्पणी गरेका थिए ।
झापामा बीएण्डसी मेडिकल कलेज सञ्चालन गर्दै आएका प्रसाईं कात्तिक ७ गते एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नुअघि उनी असोज १५ गतेदेखि भएको विधान महाधिवेशनमा सहभागी भएका थिए । माओवादी केन्द्रको कुनै कमिटीमा सदस्य नरहे पनि उनले माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेको बताउँदै आएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा लगेर जुम्लाको मार्सी चामलको भात खुवाएपछि प्रसाईंलाई ‘मार्सी’ उपनामले धेरैले चिन्ने गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com