उत्तर कोरियाले आफ्ना नागरिकलाई १० दिनसम्म खुसीयाली मनाउन बन्देज गरेको छ
उत्तर कोरियाले आफ्ना नागरिकलाई १० दिनसम्म खुसीयाली बनाउन बन्देज गरेको छ ।
आफ्ना नेता किम जोन इलको १०औँ स्मृति दिवसलाई १० दिनसम्म मनाउने निर्णय गर्दै नागरिकलाई शोकको समयमा खुशी नदेखिन सरकारले निर्देशन दिएको हो ।
किम जोन इलले सन् १९९४ देखि २०११ सम्म उत्तर कोरीयामा शासन गरेका थिए ।
शोकको यो समयमा कुनै पनि नागरिकले मदिरा सेवन गर्न वा रमाइलो गर्न पाउने छैनन् । जन्मदिन पनि मनाउन निषेध छ भने यो अवधिमा कसैको मृत्यु भएमा अन्तिम संस्कापर पनि गर्न पाउने छैनन्, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।