माओवादीको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताको प्रतीकका साथमा अध्यक्ष प्रचण्ड पनि अटेका छन् ।
यसैगरी लोगोभित्र विश्व शान्तिको प्रतिक परेवा, पार्टीको झण्डा र चुनाव चिह्न राखिएको छ । यहीँ पुस ११ गतेदेखि माओवादीको
माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।