२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर को दावी जनताको मन जितेर चुनाव जित्न सक्छौँ

जनसेवा न्युज संवाददाता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। स्थानीय तहको निर्वाचन लक्षित पार्टीको एक महिने अभियानको पूर्वसन्ध्या कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महरले यस्तो बताएका हुन्।

‘घरघर जाऔं, काँग्रेस जिताऔं’अभियानका लागि कञ्चनपुर आइपुगेका नेता महरले जनताको मन जित्न सके मत आफैँ प्राप्त हुने बताए । उनले काँग्रेसलाई जन जनको मन मनको पार्टी बनाउनुपर्ने धारणा राखे ।

‘निशुल्क स्वास्थ्य, शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र उद्यमशिलता रोजगार, जनताको अधिकार, काँग्रेसको सरकारको नारा कार्यान्वयन गर्नतर्फ लाग्नु आजको प्रमुख आवश्कता रहेको महरको भनाइ छ ।

‘हामी प्रत्येक वडामा पुगेर जनतालाई काँग्रेसले गरेका सकरात्मक कर्मका बारेमा जानकारी गराउने छौं। हामी धेरै बोल्दैनौँ। भ्रमको खेति पनि गर्दैनौं’ उनी भन्छन्, ‘काँग्रेस देशको जिम्मेवार पार्टी हो। त्यसैले जिम्मेवारी पूर्ण ढंगले अगाडि बढ्नुपर्छ। हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ।’

महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताए। एमालेले गणतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ। त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले काँग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे।

जनताले दुई तिहाइका साथ विजयी गराए काँग्रेसलाई आफ्नो अभिभारा पुरा गर्न सहज हुने महरको भनाइ छ। ‘हामी मजदुरको घरमा पुग्नेछौँ। बुद्धिजीवीका बिचार सुन्ने छौं। जनताका अपेक्षा सुन्ने छौं। काँग्रेसका योजना सुनाउने छौं। अब हामी जनतासँग हुने छौं’ उनले भने।

राजनीति जनताका लागि गरिने भएकाले काँग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ छ। घरघर जाऔं, काँग्रेस जिताऔँ अभियान अन्तर्गत केन्द्रीय नेताहरू ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com