२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

४६ वर्ष पहिलेको ‘फ्ल्यास ब्याक’मा प्रचण्ड

४६ वर्ष पहिलेको ‘फ्ल्यास ब्याक’मा प्रचण्ड

काठमाडौँ- चुनावी अभियानका क्रममा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड गोरखामा छन् । गोरखामा उनले सँगै पढाएका दौँतरी शिक्षक र किसानहरूसँग खुसी साटेका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड गोरखा-२ बाट उम्मेदवार छन् ।

प्रचण्ड २ वर्ष बसेको घर । भूकम्पबाट माथिल्लो तला क्षति भएको छ ।

उनीहरूसँग कुराकानीमा अध्यक्ष प्रचण्डले ४६ वर्षअघिका कुराहरू सम्झिएको उनको सचिवालयले जनाएको छ । ‘आरुटारका किसानका लागि उहाँ प्रिय साथी, शिक्षक, कलाकार र अगुवा हुनुहुँदो रहेछ । किसानलाई आधुनिक खेती प्रणाली, कम्पोस्ट मलको निर्माण र प्रयोग तथा चर्पी निर्माणको काम समेत उहाँको अगुवाईमा भएको रहेछ’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने’ साँस्कृतिक टीम निर्माण, सामाजिक चेतना र जागरणमा उहाँको भुमिकाबारे गाउँलेहरूले गरेको कुरा सुन्दा किशोर अवस्थादेखि उहाँको नेतृत्व कुशलताबारे बुझ्न गार्‍हो थिएन ।’

सहपाठी शिक्षक गणेश श्रेष्ठ र उहाँको पत्नीका साथ प्रचण्ड ।

‘४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै मल्लले भने ‘भर्खरै जस्तो लाग्छ रे उहाँलाई ! हिजो बेलुकीसँगै पढाएका दौतरी शिक्षक, किसान, दाजुभाइ दिदिबहिनीसँग खुशी साट्नु भयो । बिहान मर्निङ वाकमा बसेको घर, नुहाउने धारा र खाना खाने घरसम्म पुग्नुभयो ।’

प्रचण्डले खाना खाने घर ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com