२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

कुनै पनि दलको बहुमत नआउनु देशका लागि दुर्भाग्य हो : एमाले उपाध्यक्ष पौडेल

कुनै पनि दलको बहुमत नआउनु देशका लागि दुर्भाग्य हो : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ सम्पन्न निर्वाचनले कुनै पनि दललाई बहुमत प्राप्त नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेकपा एमालेले स्पष्ट बहुमत प्राप्त गर्न नसकेको र त्यसको बदलामा अन्य कुनै दलले पनि स्पष्ट बहुमत नल्याउनु चिन्ताको विषय भएको उल्लेख गरे ।
मुलुकको नेतृत्वका लागि एमाले तयार रहेको बताउँदै पौडलले राष्ट्रिय आवश्यकता अनुसार गिभ एण्ड टेक गर्न सकिने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको भूमिका रहने बताए ।

पौडेलले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताए ।पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com