आफ्नी छोरीलाई मात्र हैन सबैको छोरी हरूलाई मायाँ गरिदिनुस् : सृष्टि दाहाल के.सी
आफ्नी छोरीलाई मात्र हैन सबैको छोरी हरूलाई मायाँ गरिदिनुस् : सृष्टि दाहाल के.सी
सृष्टि दाहाल के.सी
छोरी तिमि हिम्मत नहार्नु छोरी,
तिमी नसहनु है छोरी,
तिमी नजल्नु है छोरी,
म छु नि, सायद यो सब नभन्ने केहि प्रतिशत परिवार होला तर अहिलेको परिस्थितिमा धेरै परिवारले आफ्नो छोरी कै साथ दिन्छन तर समस्या परिवारको भन्दा छोरी कै बनिसकेको हुन्छ। हाम्रो समाज र परिस्थीतिले छोरीलाई यती धेरै लाचार बनाईदिन्छ कि उसलाई बाध्य बनिदिन्छ सहन, सहन अनि सहन । हाम्रो समाज निकै नै कठोर छ । छोरीलाई उसको परिवारले माया, साथ दिन्छ तर समाजमा उपस्थित अरूले आफ्नो बाहेक अरुको छोरीलाई केवल अउला उठाउँछ । आफ्नो छोरीलाई दुख्दा पीडा महशुस गर्छ र अरूको छोरीका पिडा नाटक संझन्छ कयौं शब्दवाण प्रहार गर्छ ।
आज छोरीलाई नसहनु भन्दा पनि परिवार र समाजलाई परिवर्तन गर्न जरूरी छैनरु आफ्नो छोरालाई सानै देखी तिमि त राजा नै हो झैं गरी हरेक गल्तीमा आड दिने, र छोरी मान्छेलाई सिकाउने तिमि त छोरी हो सहनु पर्छ, उ त छोरा मान्छे हो गरिहाल्छ नि भन्नेहरूले सोंच नबदलेसम्म धेरै छोरीहरु जलिरहनुपर्छ चाहे बाहिर देखिने गरि होस या भित्रभित्रै ।
छोरी त निकै सहनशील हुन्छीन उनी सँहदै जान्छिन्, सहन्छिन् आफ्नो परिवारको ईज्जतको लागी, सामाजको गाली सुन्नु नपरोस त्यसका लागी । छोरीको ईज्जत गर्नुपर्छ है भनेर केवल आफ्नो घरका छोरीहरूका लागि मात्र सिकाएर भएन हजुर । जति पीडा आफ्नो छोरीलाई पर्दा हुन्छ त्यतिनै पिडा अरु छोरीका परिवारलाई पनि हुन्छ।
जब कुनै घटना घट्छ सबको मुटु चिरिन्छ, धेरै ठूला कुरा गरिन्छ तर जब कुनै महिला जिउँदो दिन दिनै जलिरहेको था हुँदा उसलाई साथदिने उसको आफ्नो परिवार बाहेक यो समाजमा कोही हुँदैन।
हाम्रो समाजमा यस्तो महिला पनि हुनुहुन्छ जो अत्याचार सहन नसकि गलत सम्बन्धबाट निस्किने हिम्मत गर्ने र आफै एक्लै आफ्नो सन्तानको हेरचाह गर्नुहुन्छ तर त्यती बेला पनि अपशव्द बोल्ने लेख्ने, चरित्रहत्या गर्ने, आत्मबल गिराउने खोज्ने यहि समाज हैन ररु आफ्नै छोरीलाई त मरे मर तर सहेर बस कसैले भन्दैन । सकेसम्म सम्बन्ध जोगाउ तर हुँदै हुँदैन भने सोच नैभन्नु हुन्छ जस्तो लाग्छ । तर त्यसो भनिने पनि केवल आफ्नो छोरीलाई पर्दा मात्र हो । अरुका छोरीलाई आफ्नै छोरी समान त देख्न सकनु हुन्न होला तर त्यस्तै सोच्दिनु पर्यो । जे अरूको छोरीका लागि लेखीन्छ, बोलिन्छ के त्यो आफ्नै छोरीलाई पर्दा सहन सकिन्छ भनेर।
आफ्नो घर भित्र रहेका आफ्ना छोराहरूलाई सिकाउन जान्नु पर्यो जसरी आफ्नो आमा, दिदी, बहिनीको ईज्जत गरिन्छ त्यसरी नै अरूका छोरीहरूलाई पनि ईज्जत, सम्मान दिनुपर्छ भनेर। यति सिकाई दिए आज यसरी धेरै छोरीहरू जली रहेका हुने थिएनन्। सम्मान हरेक वर्गलाई गर्न जरूरी हुन्छ।
आफ्नी छोरीलाई मात्र हैन सबैको छोरी हरूलाई मायाँ गरिदिनुस् । नबुझी कसैलाई गलत शब्दको वर्षागर्न नथाल्नुहोस्