२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

निर्माण व्यवसायीले भौतिक पूर्वाधार मन्त्रीसँग भने-‘आयोजना समयमै सक्छौंं’

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र निर्माण व्यवसायीबीच मन्त्रालयमा अतर्क्रिया कार्यक्रम भएको छ।

उक्त  कार्यक्रममा विभन्नि सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्काको अवस्था तथा जटिलताबारे मौखिक प्रतिवेदन प्रस्तुत गरे।

उनीहरूले आफूले ठेक्का पाएका आयोजनाहरू समय सीमाभित्र सक्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

व्यवसायीले स्पष्ट समयसीमा तोकेर उक्त समयमा काम सक्ने प्रतिवद्धता जनाएका छन्।

मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र कर्मचारीप्रति सरोकारवालाहरूको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न जरुरी रहेको बताए।

विभिन्न आयोजनाले समयमै काम सक्ने प्रतिवद्धता मन्त्री श्रेष्ठसँग गरेका छन्।

महांकाल, भृकुटीचोक, चपली बुढानिलकण्ठ सडक ठेक्का पाएको तुदी, प्रेरा जेभीले आगामी माघ मसान्तसम्म काम सक्ने प्रतिवद्धता जनाएको छ।

आशिष सिएम जयवावा जेभीले सीतापाइला रामकोट भिमढुंगा सडक पनि माघ मसान्तसम्म सक्ने प्रतिवद्धता जनाएको छ।

सुनकोशी प्रजिल जेभीले मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण माघ मसान्तभित्र कालोपत्र गर्ने उल्लेख गरेको छ।

भक्तपुर तथा ललितपुर जिल्लाअन्तर्गतका विभिन्न सडक आयोजनाहरूले पनि निर्माणको काम समयमै सक्ने प्रतिवद्धता जनाएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com