२०८२ चैत्र ११ - Wed Mar, 2026 -

Janasewa News

चैत १० गतेभित्र सरकारलाई पुर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चैत १० गतेभित्र पुर्णता पाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संसद्‌ भवनमा भएको छलफलपछि चैत १० गतेभित्र सरकारलाई पुर्णता दिने तयारी गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गतेभित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरू गरेका छन् ।

‘विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको छ’ लगानी बोर्डको बैठक पछि प्रधानमन्त्री प्रचण्डले भने ‘विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता पाउनेछ’ प्रचण्डले भने । उनका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रिमण्डल विस्तारका लागि भागबण्डा गर्ने काम विश्वासको मत लिएपछि अघि बढनेछ ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि एक दर्जनभन्दा बढी मन्त्रालय रिक्त रहेका छन् । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भएपछि सरकारी काम कारबाही सहज ढंगले अघि बढ्‌न सकेको छैन ।

तीन वटा पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण , युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।

यसैगरी, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्‌ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com