२०८२ चैत्र १ - Sun Mar, 2026 -

Janasewa News

उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा ल्हासा नगरले उपलब्ध गराएको स्वास्थ्य सामग्री तथा उपकरण जनसाधारणको स्वास्थ्योपचारमा उपयोग भएको बताएकी छन् ।

ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका निर्देशक झाछिन्कुनको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधि मण्डलसँग भेट गर्दै उपप्रमुख डंगोलले यस विषयमा जानकारी गराएकी हुन् ।

‘काठमाडौँ ल्हासाको अनौपचारिक सम्बन्ध काठमाडौँमा मानव बसोबास सुरु भए देखिको हो । यहाँका आदिबासी नेवार समुदायले ल्हासाबाट सुनसहित अन्य सामान ल्याएर व्यापार गर्थे ।’ उनले भनिन्, ‘कोविड १९ को महामारीले आफैँ संकटमा परेका बेला हाम्रो संकट व्यवस्थापन गर्न प्राप्त सहयोगले जनताको स्वास्थ्योपचारमा काम गर्न पाइयो । यसरी दुई नगरबिचको सम्बन्धको लाभ महानगरबासी स्तरमा पुगेको छ ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भाषा फरक भए पनि भाव एउटै भएको उल्लेख गरे । ‘नेपालीमा प्रचलित उखान छ, ल्हासामा सुन छ कान मेरो बुच्चै । यसले ल्हासाको समृद्धि दर्शाउँछ । हामीले यो उखान जत्तिकै समृद्ध भएको महसुस गरेका छौँ ।’ उनको भनाइ थियो ।

ल्हासा र काठमाडौँको समन्ध, इतिहास कालदेखिर्कै हो । भेटका क्रममा ल्हासा नगरका अन्तरराष्ट्रिय मामिला प्रमुखले भने, ‘अनौपचारिक सम्बन्ध भएको समयभन्दा औपचारिक सम्बन्ध भएको समयलाई थप आत्मीय र गाढा बनाउन चाहन्छौँ ।’ भेटका क्रममा उनले, दुई नगर बिच अटुट सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गरे ।

प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार काठमाडौँ र ल्हासा नगरका बिचमा सन् २०११ सेप्टेम्बर महिनामा भगिनी सम्बन्ध स्थापना भएको हो ।

भगिनी सम्बन्ध स्थापना भएपछि ल्हासा नगरले काठमाडौँको सरसफाइ, सुन्दरता, जनस्वास्थ्य प्रणालीलगायत विभिन्न क्षेत्रमा सहयोग गरेको छ । यस्तै १० पटक काठमाडौँको भ्रमण भएको छ ।

काठमाडौँ महानगरपालिकाबाट पनि समय समयमा प्रतिनिधि मण्डलले ल्हासाको सहरी विकास तथा व्यवस्थापनको अवलोकन भ्रमण गरेका छन् ।

यस पटकको भ्रमण प्रतिनिधि मण्डलले ल्हासाले उपलब्ध गराएका स्वास्थ्य उपकरण प्रयोग भएका अस्पतालमा अवलोकन गरेको छ । यस क्रममा सामान तथा उपकरणको उपयोग र यसबाट जनसाधारणमा परेको लाभका विषयमा जानकारी लिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com