२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रतिनिधिसभाबाट लोकसेवा आयोगको विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट लोकसेवा आयोगको विधेयक स्वीकृत

प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आइतबारको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो ।

अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सोमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलमा भाग लिँदै सांसदहरूले लोकसेवा आयोगलाई सबै प्रदेशमा समानुपातिकरूपमा विस्तार गरिनुपर्ने, प्रदेश लोकसेवा आयोगसँगको सम्बन्ध, परीक्षा सञ्चालनमा समन्वय, मुलुकमा दक्ष जनशक्ति र कर्मचारी उत्पादनमा ध्यान दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com