२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

शिक्षक आन्दोलनलाई सरकारले अनादर गर्‍यो : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनको अनादर गरेको भन्दै सरकारको आलोचना गरेका छन् प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले विगतमा भएका सहमति सरकारले कार्यान्वयन नगर्दा अहिले पनि शिक्षकहरू आन्दोलन गर्न बाध्य भएको बताए ।

‘लाखौं–लाख शिक्षकहरूको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ । सरकार निरन्तर सम्झौता गर्ने र अवहेलना गर्ने कार्य गरिरहेको छ । यो खेदजनक मात्र होइन, निन्दनीय छ,’ सांसद केसीले भने ।

उनले शिक्षक महासंघसँग भएको सहमतिको अनादर गर्नु दुःखद मात्र नभई निन्दनीय रहेको भन्दै तत्काल सहमतिको वातावरण बनाउन र सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘सरकारले पटकपटक गरेको प्रतिबद्धता पालना गर्दै शिक्षकहरूसँग तत्कालै वातावरण निर्माण गरोस् र वार्ता तथा संवादबाट समस्याको समाधान खोजोस्,’ उनले भने ।

सांसद केसीले विद्यालय शिक्षा ऐन जारी गर्न तथा एउटै विद्यालयमा १७/१८ थरिका शिक्षक रहेको अवस्था अन्त्यका लागि एकीकृत गर्ने काममा लाग्न पनि सरकारको ध्यानाकर्षण गराए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com