२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

ओलीद्वारा त्रिपुरेश्वर स्थित महादेव मन्दिर दर्शन

ओलीद्वारा त्रिपुरेश्वर स्थित महादेव मन्दिर दर्शन
जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको बताइन्छ । सो अवसरमा ओलीले नानक मठको पनि दर्शन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com