२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

चन्द्रागिरिमा एक व्यक्तिले गरे आत्मदाह प्रयास, उपचारका लागि बर्न अस्पताल पुर्‍याइयो

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएको हो ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।

उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।

उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com