२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् ।

एमाले रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफूपछि झन बलिया नेता आउने बताए ।

‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन्,’ उनले भने ।

उनले थपे, ‘यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छाैं । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’

एमाले अध्यक्ष समेत रहेका ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको उल्लेख गर्दै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए ।

उनले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोसिस गर्नेहरू असफल भएको टिप्पणी गरे ।

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन चुनावसम्म सँगै जाने उल्लेख गर्दै भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com