२०८२ चैत्र १४ - Sat Mar, 2026 -

Janasewa News

स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न आग्रह गरेका छन् ।

झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार रचनात्मक कामबाट विकसित गराउने अभियानमा रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले गौरादहमा निर्माण हुने उक्त अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे ।

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए ।

नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उक्त अस्पताल भवनको शिलान्यास भएको हो ।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com