२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

इन्जुरी समयमा गोल गर्दै न्यूकासल विजियी

इन्जुरी समयमा गोल गर्दै न्यूकासल विजियी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत न्यूकासल युनाइटेड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा न्यूकासलले नटिङ्घम फरेस्टलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

न्यूकासलको जितमा दुबै गोल अलेक्जेन्डर इजाकले गरे । फरेस्टका लागि इमानुएल डेनिसले एक गोल गरे । डेनिसले २६ औँ मिनेटमा गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर इजाकले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत इजाकले दोस्रो गोल गरेपछि न्यूकासलले जित हात पार्‍यो ।

यससँगै पाँचौ स्थानमा रहेको न्यूकासलले २६ खेलबाट ४७ अंक जोडेको छ । चौथो स्थानको टोटेनहमको २७ खेलबाट ४८ अंक छ । यता फरेस्ट भने २६ अंकसहित १४ औँ स्थानमा यथावत छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com