२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले बजेट अधिवेशनबाट शिक्षा विधेयक ल्याउन अनिवार्य भएको बताएका छन् ।

उनले त्यसका लागि सरकारले विश्वास दिलाउने र आन्दोलनरत शिक्षकहरुले पनि सरकारलाई विश्वास गरेर काममा फर्किनुपर्ने बताए ।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले यो बजेट अधिवेशनबाट शिक्षा र निजामति विधेयक ल्याउन अनिवार्य छ । आन्दोलनरत शिक्षकहरुले पनि सरकारलाई विश्वास गर्नु पर्यो, त्यसका लागि वरु निश्चित समयको अल्टिमेटम दिएर भएपनि शिक्षकहरु तत्काल कार्यस्थलमा फर्किनु बुध्दिमानी हुनेछ।’

सरकारले विधेयक ल्याउन चाडै गृहकार्य सुरु गर्नुपर्ने बताए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत पुरा गर्ने कुरामा विश्वस्त हुन उनले आन्दोलनमा रहेका शिक्षकहरुलाई आग्रह गरेकन छन् ।

सरकार र संसदले चाहेर पनि प्रक्रिया मिच्न नसक्ने बताउँदै पोखरेलले भने, ‘कानुन विनाको सम्झौता फेरी इतिहासमात्र हुनसक्छ, यतिको विषय शिक्षकसाथीहरु सबैले वुझ्नु भएकै छ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com