पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एक हप्ताका लागि भारत जाँदै

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई आजदेखि एक साता लामो भारत भ्रमणमा निस्कँदैछन् । त्यहाँ उनले नेपाली समुदायसँग छलफल, अन्तर्क्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
भारत बसाईका क्रममा उनले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । डा. भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ ।
नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत जान लागेका हुन् ।