२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार निर्यात संकट गहिरिँदै

टोकियो, ४ भदौ । जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई महिनामा जापानको अमेरिका तर्फको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ । यो लगातार चौथो महिना हो जसमा अमेरिका तर्फको निर्यात घटेको देखिएको छ ।

निर्यातमा आएको यो तीव्र गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको हो, जुन अमेरिकी सरकारले लगाएको नयाँ आयाशुल्कको असर हो । विवरणअनुसार, अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने पार्टपुर्जाको निर्यात १७.४ प्रतिशतले कमी आएको छ ।

जापानको कुल निर्यात २.६ प्रतिशतले घटेर ९.३६ ट्रिलियन येन (झण्डै ६.३१ मिलियन अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो महिना घटेको हो । उता, आयात पनि ७.५ प्रतिशतले घटेको छ, जुन कच्चा तेल, कोइला र तरल प्राकृतिक ग्याँस (एलएनजी) को मूल्य घटेका साथै बलियो येनका कारण भएको हो ।

मन्त्रालयले जनाएअनुसार, जापानको व्यापार घाटा जुलाई महिनामा ११७.५ अर्ब येन पुगेको छ, जुन पछिल्लो दुई महिनामा पहिलो पटक घाटामा गएको अवस्था हो । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com