२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने तीन दलको संकेत

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने तीन दलको संकेत

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेका छन् ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बिहीबार साँझ बसेको तीन दलको बैठकमा अध्यक्ष नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्न र राष्ट्रिय सहमति खोज्न नेपाली कांग्रेस र नेकपा एमालेसँग समेत संवाद गर्ने सहमति भएको हो ।

त्यसका लागि शुक्रबार कांग्रेस र एमालेसँग संवाद गरेर सकभर राष्ट्रिय सहमति जुटाउन प्रयास गर्ने नेताहरूले बताएका छन् । ‘तीन दलको आजको बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ’, एकीकृत समाजवादीका एक नेताले रातोपाटीसँग भने, ‘त्यसका लागि कांग्रेस र एमालेसँग शुक्रबारै छलफल गर्ने अर्को निर्णय छ ।’

बैठकमा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले माधव नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई माओवादीले छलफल गर्न सकिने भन्दै नेपालको नाममा ग्रिन सिग्नल दिएको थियो ।

‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपालजी पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डाका रूपमा अघि सार्ने आजको बैठकमा छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रातोपाटीसँग भने, ‘भोलि अन्य दलहरूसँग छलफलमा उहाँको नाम पनि एउटा एजेन्डाको रूपमा रहनेछ ।’
बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने भन्ने टुङ्गो लाग्ने बताए ।

’ तीन दल र नेपाली कांग्रेसबीच भोलि छलफल गर्ने सहमति भएको छ भोलि उहाँहरूसँग छलफल गरेपछि राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने टुङ्गो लाग्छ’, श्रेष्ठको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले दलहरुबीच छलफल भए पनि ठोस सहमति हुन बाँकी रहेको प्रतिक्रिया दिए ।
’पहिलेदेखि नै हामीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मोर्चा बनाउनेबारे छलफल भएकै हो । त्यसैअनुसार छलफल गरिरहेका छौं’, ज्वालाले राष्ट्रिय सहमतिको रूपमा अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए त्यसलाई अस्वीकार नगर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com