२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नेकपा एकीकृत समाजवादी ले एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले एमसिसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले देशभरी प्रदर्शन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार फागुन १ गते दिउसो २ बजे प्रदर्शन समय निर्धारण गरिएको छ । एकसाथ हुने एमसिसीको बिरोध प्रदर्शनमा पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने बैठकले निर्णय गरेको मोर्चा संगठनका प्रमुख विजय पौडेलले बताएका छन् ।

सरकारले आगामी फागनु २ गते बस्ने संसदको बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ । अमेरिकाले पनि एसिसीबारे चाँडो निर्णय दिन नेपाल सरकारलाई दबाव दिइरहेको छ ।

यथाशिघ्र एमसिसी पास नगरे फिर्ता लैजाने अमेरिकाले सरकारलाई बताउदै आएको छ । एमसिसीको बिरोध नेपालमा जनस्तरबाटै भइरहेको छ । साथै बुधबार काठमाडौंमा सात दलले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com