२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि भोलि संसद्‍मा छलफल हुने

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि भोलि संसद्‍मा छलफल हुने

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि भोलि संसदमा छलफल हुने भएको छ । संघीय संसद सचिवालयले भोलि (आइतबार)  बस्ने प्रतिनिधिसभा बैठक सम्भावित दैनिक कार्यसूचीमा प्रन्या जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरेको छ ।।

यसअघि गत साल २०७८ फागुन १९ गतेको संसद बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रन्या जबराविरुद्ध महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । तर लामो समयसम्म उक्त प्रस्तावमाथि संसदमा छलफल नगरी गुपचुप राखिएको छ ।

आइतबारको संसद बैठकमा भने उक्त महाभियोगको प्रस्तावमाथि छलफल हुने कार्यसूचि तय गरिएको छ । संसदमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com