२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

एजेन्सी । सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।

यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उहाँको भनाई छ ।

मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताउनुभएको हो । यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ ।

सो समयदेखि नै यहाँ आर्थिक संकट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् ।

संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि संघर्ष गर्नु परिरहेको, खाद्यान्न औषधिजस्ता आधारभूत आवश्यकताहरुको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको अवस्था रहेको राष्ट्रसंघले बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com