२०८२ फाल्गुन २६ - Tue Mar, 2026 -

Janasewa News

माओवादी केन्द्र विभाजन गराउन विभिन्न देशी–विदेशी शक्ति र खर्च परिचालन भइरहेको छ -प्रचण्ड

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी विभाजन गराउनका लागि विभिन्न देशी–विदेशी शक्ति र खर्च परिचालन भइरहेको बताएका छन् । आज आइतबार माओवादी केन्द्र ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी फेरि फुटाउने, माओवादीभित्र दिग्भ्रम सिर्जना गर्ने र कसलाई के भनेर उचाल्न सकिन्छ भनेर भाँड्ने जस्ता निकै ठूला–ठूला कसरत भइरहेको बताएका हुन् ।

‘प्रतिकृयावादीहरु, देशभित्रका, बाहिरका साम्राज्यवादीहरु, दलालहरु हाम्रो पार्टीभित्र भाँडभैलो के गरी पार्ने होला भनेर पनि निकै ठूलो शक्ति र खर्च गरेका छन् । हेर्नुहोला तपाईँहरु सबैले– निकै ठूलो शक्ति पनि लागेको छ, माओवादीलाई फेरि फुटाउने, माओवादीभित्र दिग्भ्रम सिर्जना गर्ने, कसलाई के भनेर उचाल्न सकिन्छ, के भनेर भाँड्न सकिन्छ  त्यो भन्ने निकै ठूलो कसरत छ,’– प्रचण्डले भने ।

माओवादीको केन्द्रीय समितिबाट प्रतिकृयावादीहरुको षड्यन्त्रलाई परास्त गर्ने विचार र विधिको प्रयोग गरिएको र तत्काल त्यो टरे पनि उनीहरु नरोकिएको उनले बताए । प्रचण्डले केही समयभित्र समाजवादी मोर्चा र त्यो भन्दा बाहिरका पनि केही क्रान्तिकारीहरुको बीचमा एकता घोषणा हुने स्थिति बनिराखेको बताए । साथ–साथै एकता हुन नदिनको लागि पनि त्यतिकै कसरत भइरहेको उनले बताए ।

उनले पार्टीभित्रको घुसपैठ, प्रतिकृयावादीहरुको भाषा बोल्ने, प्रतिकृयावादीलाई फाइदा हुने व्याख्या गर्ने, आफ्नै पार्टी र लिडरसीपलाई कमजोर पार्ने जस्ता काम भइरहेको बताए । उनीहरुले प्रचण्डलाई नसिध्याएसम्म केही पनि हुँदैन भन्ने भाष्य बनाउन खोजेको पनि उनले बताए । साम्राज्यवादी, प्रतिक्रियावादी र माओवादीका पनि केही मान्छेहरुले प्रचण्डलाई नसिध्याइ केही हुँदैन भन्न थालेको उनले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com