२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका छन् ।

बिहीबार साँझ बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँगको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् ।

प्रचण्डले अब बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । अहिले कांग्रेसको सरकार भएकाले राष्ट्रपति लिएर आफूलाई प्रधानमन्त्री छाड्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । तर कांग्रेसले भने सरकारको नेतृत्व आफैँ गर्ने अडान राखेको थियो ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमै सहमति हुनुपर्नेमा नेताहरू सहमत छन् । सहमतिको प्रयासमा आज पनि गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com