२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल बङ्गलादेशको ढाका नेशनल स्टेडियममा बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

यसअघि नेपालले गएको भदौमा घरेलु मैदानमा बङ्गलादेशसँग मैत्रीपूण खेल खेलेको थियो । त्यो खेल बराबरीमा सकिएको थियो । यस्तै जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

फिफा वरीयतामा नेपाल बङ्गलादेशभन्दा अघि छ । वरीयतामा नेपाल १ सय ८०औं र बङ्गलादेश १ सय ८३औं स्थानमा छ ।

यो नेपाली टोली नेपाली प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छ । यसअघिका प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खड्काले जिम्मेवारी पाएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com