२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धनराज आचार्यलाई कृष्ण थापाले दिए बधाई

धनराज आचार्यलाई कृष्ण थापाले दिए बधाई

पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतम प्रतिस्पर्धी थापाले ५२ हजार ८ सय १८ मत मात्रै पाए । यस्तै, मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ५७ मत पाए भने स्वतन्त्र उम्मेदवार गनेश पौडेलले २ हजार ९ सय ५१ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरुङ विजयी भइन् । उनले गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपीला रानाभाटलाई ३ हजार ३ सय १४ मत अन्तरले पराजित गरेकी हुन् । गुरुङले ६० हजार ३ सय ७२ मत पाउँदा रानाभाटले ५७ हजार ५८ मत पाइन् । उपमेयरमै राप्रपाकी रन्जना सेनले ५ हजार ६ सय ८३ मत पाएकी छिन् ।

यसैबीच, मेयरमा प्रतिस्पर्धी कृष्ण थापाले विजयी उम्मेदवार धनराज आचार्यलाई बधाई दिएका छन् । उनले कार्यकाल सफलताको शुभकामना सहित अविर लगाएर बधाई दिएका हुन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com