२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा

राष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा

काठमाडौं । आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ ।

सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ । सो शीर्षकमा ७ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ। सरकारी शिक्षा सुधार गर्ने योजनासहित सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाएको हो ।

चाल आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आवमा थप योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले तत्काल काम गर्ने गरी बजेट व्यवस्था गरिएको र सरकारले सो कार्यक्रमलाई ५ टुक्रा पारेको बताए । कार्यक्रमअन्तर्गत स्मार्ट बोर्ड व्यवस्थापन गर्न २० लाख रुपियाँ उल्लेख छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com