२०८२ बैशाख १३ - Sat Apr, 2025 -

Janasewa News

लोडसेडिङको हल्ला निराधार हो, अब हुँदैन नवनियुक्त कार्यकारी निर्देशक-हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन् ।

शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने उनले बताए ।

‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’

आफू ०७७ सालमा केही समय कार्यकारी निर्देशक हुँदा अहिलेभन्दा पनि विश्वासिलो बिजुली दिइएको उनले बताए ।

उद्योगमा त्यसबेला लोडसेडिङ नगरिएको उनको भनाइ थियो ।

‘अबको चुनौती विश्वासिलो बिजुली हो, लोडसेडिङ ओइन । अब विद्युत्को गुणस्तर वृद्धि हुन्छ । दिनमा एकपटकभन्दा बढी ट्रिपिङ नहुने वातावरण बनाउँछ,’ उनले भने ।
डेडिकटेड र ट्रंकलाइन विवादको समाधान प्राविधिक रुपमा यसको निकाल्नुर्ने उनले बताए ।

‘त्यो निस्कन्छ पनि । यो मेरो लागि अवसर हो,’ उनले भने ।

विद्युत् प्राधिकरणमा कोही व्यक्ति नहुँदैमा भारतले विद्युत् दिन छोड्ने भन्ने बेकारको हाल्ला भएको उनले बताए ।

‘प्राधिकरण ०४१ सालदेखिको संस्था हो । जो व्यक्ति आए पनि फरक पर्दैन,’ उनले भने ।

उनले अबको एक दुई हप्ताभित्रै नतिजा देखिनेगरी काम गर्ने पनि बताए ।

‘लोडसेडिङ हुँदैन । करिब एक दुई हप्ताभित्र मैले त्यो नतिजा देखाउँछु,’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com