२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्ने-प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

एमाले निकट मुक्ति समाज दोलखाका नेताहरू तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याउँदै ७४ सालमा एमालेसँग मिलेर नेकपा बनाएको भएपनि टिकाउन नसकेको स्मरण गरे।

उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यले ७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर नेकपा नेपाल कम्युनिस्ट पार्टी बनाएका थियौँ। दुर्भाग्य त्यसलाई हामीले बचाउन सकिएन। तर हाम्रो उद्देश्य सही थियो। नेपालको वामपन्थी कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने हाम्रो भावना, विचार, उद्देश्य जायज थियो। तर नेतृत्वको गलत सोच र कार्यशैलीका कारण हामीले त्यो एकता बचाउन सकेका थिएनौँ।’

उनले जेनजी आन्दोलनपछि उत्पन्न भएको विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता बढेको बताए।

उनले थपे, ‘एमालेका हिजोका मन्त्री, सांसद भइसकेका नेताहरू पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभयो। अहिले जे भएपनि नेपाल कम्युनिस्ट पार्टी बनिसकेपछि ध्रुवीकरणको एउटा नयाँ माहोल बनेको छ। केही समयभित्र अन्ततः फेरि सबै वामपन्थी कम्युनिस्ट हामी एकै ठाउँमा हुनेछौँ।’

उनले केपी ओलीको गलत सोच र कार्यशैलीका कारण एमालेभित्र विद्रोह गर्नेको संख्या बढेको बताए।

उनले थपे, ‘एमाले भित्रैकै पनि तपाईँहरू जस्तै साथीहरूले विद्रोह गर्दै फेरि एकताको झन्डा उठाउन सहयोग गर्नेछन्। र हामी एकताबद्ध हुनेछौँ। निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। मैले देशभरिको रेकर्ड मैले त दिनदिनै हेरिराखेको छु। सबै हेर्दा दिनप्रतिदिन हाम्रो प्रगति हुँदै गएको छ। हामी एक नम्बर पार्टी हुने सम्भावना छ। नभए पनि हामी प्रतिस्पर्धी पार्टी हुनेछौँ।’

उनले आउने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुने देखिएको बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com