२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

विप्लव समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा सुरु

विप्लव समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा सुरु

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा मंगलवारदेखि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एकसातासम्म राष्ट्रिय महाधिवेशन जारी रहने बताइएको छ ।

महाधिवेशन उद्घाटन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा ९विसम० ले नेपालका राजनीतिक पार्टीहरू साम्राज्यवादी मुलुकको इसारामा चलेको आरोप लगाए । उनले आफ्नो पार्टी फुटाउन साम्राज्यवादी शक्तिहरुले चलखेल गरिरहेको पनि दावी गरे ।

काठमाडौंको खुल्ला मञ्चमा आयोजना गर्ने भनिएको अधिवेशन अदालतबाट नेकपाका नेताहरुलाई पक्राउ पुर्जी जारी भएपछि शिवगढी सारिएको बताइएको छ । अधिवेशनमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रतिवेदन, एमसीसी, आगामी निर्वाचन र नेतृत्व चयनको विषयमा छलफल हुने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिए ।

महाधिवेशनमा भाग लिन देशभरबाट ७ सय जना प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए । महाधिवेशनमा बुधबारदेखि बन्द सत्र सुरु हुने बताइएको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com