२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

निर्वाचनलाई लक्षित गरी पार्टी मातहतका कमिटीलाई प्रचण्ड-माधवको परिपत्र जारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को निर्वाचनलाई लक्षित गरेर पार्टी मातहतका कमिटीलाई परिपत्र जारी गरेको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले आज परिपत्र पठाएका हुन्।

नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आज बिहान परिपत्र जारी गरेको बताए।

उनले भने, ‘परिपत्र मतदानसँग मात्रै सम्बन्धित छ। कसरी मतदाताहरूलाई मतदान केन्द्रसम्म सुरक्षित ढङ्गले लैजाने, अनि मतदान केन्द्रमा गएपछि कसरी मतदाताहरूलाई मतदान गर्न सहज, सफल र सही तरिकाले सिकाउने भन्नेदेखि बुथहरूको सुरक्षादेखि मतपेटिकाको सुरक्षासँग सम्बन्धित छ।’

परिपत्रमा उम्मेदवारका प्रतिनिधि, दलका प्रतिनिधिहरू पनि मतपेटिकासँगै रहने, मतगणना नहुने बेला मतपेटिका नछाड्नेलगायतको विषय समेटिएको बताए। उनले मतदातालाई नेकपाको चुनाव चिन्ह ताराबारे पनि राम्रोसँग जानकारी गराउन समेत निर्देशन दिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com