२०८२ फाल्गुन १७ - Sun Mar, 2026 -

Janasewa News

अतिवादी प्रवृत्तिविरुद्ध राष्ट्रको एकता, स्वाधीनता र समृद्धिको पक्षमा मतदान गर्न प्रचण्डको अपिल

रुपन्देही । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा )का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अतिवादी प्रवृत्तिविरुद्ध राष्ट्रको एकता, स्वाधीनता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

रुपन्देही क्षेत्र नं ५ को लुम्बिनीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेनजी युवाको हत्या गर्ने र देश जलाउन उक्साने दुवै खाले अतिवादी शक्तिविरुद्ध नेकपालाई मतदान गर्न आग्रह गरेका हुन् ।

दुवै अतिवादका विरुद्ध राष्ट्रको एकता, स्वाधीनता, आर्थिक विकास, सुशासन र सामाजिक न्यायका पक्षमा उभिएको उल्लेख गर्दै प्रचण्डले भारत, चीन लगायत विश्वका मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध सुदृढ गर्दै समाजवादको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र युवाहरूले उठाएका माग सम्बोधन गर्ने एजेण्डा नेकपाले अघि सारेको उनको भनाइ थियो ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सेना, प्रहरी, कर्मचारीतन्त्र, निर्वाचन आयोग र सबै राजनीतिक दलको ऐतिहासिक जिम्मेवारी रहेको उनले उल्लेख गरे ।

नेकपाको तर्फबाट रुपन्देही ५ का उम्मेदवार वकिल मुसलमानलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्दै प्रचण्डले वकिल मुसलमान अनुभवी, प्रगतिशील र सबै समुदायप्रति समान व्यवहार गर्ने परिपक्व नेता भएको बताए । “वकिल मुसलमानको जित भनेको पहाडी, मधेसी, मुस्लिम, आदिवासी, दलित, मजदुर–किसान सबैको जित हो,” उनले भने ।

आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुरु गरिएको सुकुम्बासीलाई लालपुर्जा वितरण प्रक्रिया रोकिएको उल्लेख गर्दै उनले पुनः बहुमत प्राप्त भए सुकुम्बासी समस्या समाधान गर्ने जिम्मेवारी लिने प्रतिवद्धता व्यक्त गरे । साथै रुपन्देहीको पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधानमा पूर्ण सहयोग गर्ने विश्वास दिलाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com