२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

जलवायु कार्यमा युवाहरुको अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ : उपाध्यक्ष बस्नेत

क्वालालाम्पुर । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवाहरुले  अन्तर्राष्ट्रिय साझेदारी सहित नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । जलवायु कार्यमा कुनै अमुक देशको एक्लो प्रयास अपर्याप्त हुने भन्दै बस्नेतले साझा प्रयत्नमा जोड दिए ।

विश्वका असंलग्न देशका युवाहरुको अन्तर्राष्ट्रिय संगठन र मलेसियाली युवा परिषदद्वारा राजधानी क्वालालम्पुरमा एसियाका १७ देशका प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिएको सम्मेलनमा बोल्दै उपाध्यक्ष बस्नेतले सो धारणा राखेका हुन् ।

सम्मेलनमा बस्नेतले भने, ‘असंलग्न आन्दोलनबाट मात्र विश्व सदभाव र शान्ति सम्भव छ । नेपाल र नेपाली युवा सदैव असंलग्न आन्दोलनमा प्रतिबद्ध छन् र रहिरहने छन् ।’

नयाँ बन्न लागेको राष्ट्रिय युवा नीति र युथ भिजनमा जलवायु कार्य र युवाको भूमिकालाई प्रमुख आधारस्तम्भको रुपमा समेट्न लागिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए । बस्नेतले युवाहरुलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराएमात्र युवाका आवाजले स्थान पाउने दावी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com