२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

कांग्रेस कार्यकर्ताका हालत २० वर्षसम्म छोरी बोक, त्यसपछि ज्वाइँ, भाइ-भतिजा बोक : ओली

कांग्रेस कार्यकर्ताका हालत २० वर्षसम्म छोरी बोक, त्यसपछि ज्वाइँ, भाइ-भतिजा बोक : ओली

 

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार चितवनको भरतपुर पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को धम्कीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् ।

अध्यक्ष ओलीले प्रचण्डको धम्क्याएर आएका प्रचण्डको धम्क्याउने बानी अहिलेसम्म नहटेको भन्दै अब त्यो धम्क्याउने जमाना गएको बताए ।

उनले भने, ‘धम्क्याएको हेर्नुस् त ? धम्क्याएर आएकाहरु अहिलेसम्म धम्क्याउने बानी रहेछ । बानी रहेछ पनि धम्क्याउने जमाना गयो अब धम्क्याएर काम चल्दैन, धम्कीको कुनै अर्थ छैन । कसैले धम्क्याएर दुर्घटना हुन्छ भन्दा दुर्घटना हुने छैन । दुर्घटना होइन गठबन्धनले नराम्ररी हार्छ । कुनै दुर्घटना हुनेवाला छैन । नत्र भन्नेलाई भन्न चाहन्छु( नत्रभने के हुन्छ ?

चितवनमा केही दिनअघि पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा भरतपुर महानगरको मेयरकी उम्मेदवार छोरी रेनु दाहाललाई जसरी जिताउन भन्दै धम्की शैलीमा प्रस्तुत भएका थिए । त्यहिँ धम्की शैलीविरुद्ध ओली आइतबार कडा रुपमा प्रस्तुत भए ।

अध्यक्ष ओलीले माओवादीको हँसिया हथौँडामा भोट हाल्न बाध्य कांग्रेसी नेताहरुप्रति सहानुभूति पनि प्रकट गरेका छन् । ‘नेपाली कांग्रेसका नेताहरु, माथिमाथिका टाउके होइन यहाँका नेताहरु । सहानुभूति व्यक्त गर्न चाहन्छु–कसरी मन थामेका होलान् ? उनले भने, ‘प्रचण्डका छोरीलाई जिताउनुपर्ने, कांग्रेसका साथीहरु हेर्नुस् त १ उनलाई जिताए उनी खुसी र उत्साहित हुनुहुन्छन् रे। २० वर्ष गठबन्धन टिकाउछन् रे। कांग्रेसका कार्यकर्ताका हालत के भो २० वर्षसम्म छोरी बोक, त्यसपछि ज्वाइँ, भाइ भतिजा बोक।’

ठट्यौँली शैलीमा यसअघि ओलीले छोरीलाई भोट हाले प्रचण्ड खुसी हुन्छन् रे, उत्साहित हुन्छन् रे भन्दै मजाक उडाए । यदि राजीखुसीले भोट नहाले देश दुर्घटनामा जाने रे भन्दै ओलीले पुनः प्रचण्डको मजाक उडाए ।

उनले भने, ‘चितवनका जनताले अस्ति भर्खर मात्र यहाँ नेताहरु आएर बोलेर जानुभएको छ मैले धेरै भन्नुपर्दैन तपाईहरुले सुन्नुभएको होला । एउटा नेताले के बोल्नुभएको छ ? चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ । रुखवाला साथीहरुले खुरुखुरु राजीखुशीले भोट हाल्दैनन भने दुर्घटना हुन्छ। थपक्क भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु, उत्साहित हुन्छ, १०,१५, २० वर्ष गठबन्धन टिकाइदिन्छु ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com