२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्लेस्टोरबाट इसेवा गायब प्रकरण : ‘अपडेट गर्दा एउटा अक्षर छुटेछ, अहिले भइसक्यो’

प्लेस्टोरबाट इसेवा गायब प्रकरण : ‘अपडेट गर्दा एउटा अक्षर छुटेछ, अहिले भइसक्यो’

जनसेवा न्युज डटकम संवाददाता

शुक्रबार साँझदेखि प्ले स्टोरबाट नेपालको पहिलो मोबाइल वालेट इसेवा गायब भएको थियो । इसेवा गायब भएपछि धेरैले यसबाट करोडौंको क्षति हुनसक्ने र प्ले स्टेरले नै हटाइदिएको हल्ला गरेपनि त्यसमा सत्यता नभएको पाइएको छ ।
नेपालको पहिलो मोबाइल वालेट इसेवाका मिडिया कोअर्डिनजेटर विष्णु पोखरेलका अनुसार एप्स अपडेट गर्दा भएको सानो गल्तीले केही समय प्ले स्टोरमा नदेखिएको बताए । पोखरेलले भने, ‘शुक्रबार साँझ एप्स अपडेट गर्ने क्रममा एउटा अक्षर छुटेछ । एउटा अक्षर छुटेको कारण  ESEWA सर्च गर्दा प्ले स्टोरमा नदेखिएको हो । अहिले हामीले त्यो बनायौँ र प्ले स्टोरमा देखिइसकेको छ ।

पोखरेलका अनुसार गुगलको प्ले स्टोरले इसेवालार्य हटाएको नभई टेक्निकल इररका कारण त्यस्तो भएको हो । गुगलको प्ले स्टोरमा तत्कालीन समयमा इसेवा नदेखिएको भएपनि एप्पलको एप स्टोरमा भने इसेवा देखिएको थियो । अहिले भने एप स्टोर र प्ले स्टोर दुवै स्थानमा इसेवा उपलब्ध छन् ।

टेक्निकल इररका कारण केही समय प्ले स्टोरमा नदेखिएपनि अहिले दुवैतिर उपलब्ध रहेको र इसेवाको सेवामा कुनै समस्या नरहेको पोखरेलले बताए । उनले भने, ‘केही समय एउटा अक्षर छुट्दा नदेखिएको हो, अहिले समस्या समाधान भइसक्यो, अब ढुक्कले इसेवा चलाउन मिल्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com