२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रतिक्रियावादीलाई परास्त गर्न एकपटक फेरि नयाँ विद्रोहको आवश्यकता – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका छन् ।

‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताए ।

प्रचण्डले भने- एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।

सम्बोधनका क्रममा प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदा ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरे पनि अदालतले त्यसलाई रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रमको सुरुवातमा २०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस-१, बोत्लेमा तत्कालीन सुरक्षा फौजको कारबाहीमा मारिएका १५ जना माओवादी कार्यकर्ताको सम्झनामा बनाइएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । सो घटनालाई माओवादी केन्द्रले ‘बोत्ले हत्याकाण्ड’ का रूपमा स्मरण गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com