२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

छेन्दु (चीन)- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाई उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उनले छेन्दुबाट काठमाडौँमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे ।

सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने, ‘यसअघि छेन्दु–ल्हासा–काठमाडौँ उडान थियो, अहिले छेन्दुबाट काठमाडाैँ सिधा उडान भएको छ । छेन्दु–काठमाडौँको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ ।’

नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मजबुद बनाउन हवाई सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताए । ‘नेपालले कृषि, जलस्रोतका अतिरिक्त पर्यटनलाई उच्च महत्त्व दिएको छ, नेपालमा चिनियाँ पर्यटक भित्र्याउन हवाई सम्पर्क सञ्जाल विस्तारले सहयोग गर्न सक्छ, यसका लागि सिचुवान एयरलाइन्सले भूमिका खेल्न सक्छ,’ उनले भने ।

सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चार्डर उडानमार्फत पोखरा विमानस्थलमा उत्रनु भएको स्मरण गरे । उनले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरू तयार रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अप्रेसन सेन्टरको अवलोकन गरेका थिए । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com