२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

हिजो स्थगित बागमती प्रदेशसभा बैठक आज बस्दै

हेटौंडा । विवादका कारण हिजो स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ ।  प्रतिपक्षी एमालेले विरोध जनाएपछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि पुनः बस्न नसकेपछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेको हो ।

बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको हो । सो विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए ।

गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटीहरू सच्याउन सुझाव सहीत पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए ।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेस गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेस गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याएपछि संसदमा घम्साघम्सी भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com