प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्दै

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्दैछ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । नवनियुक्त मन्त्रीहरुले शपथ खाएलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका थिए । लगत्तै, उनीहरु अहिले मन्त्रिपरिषद् बैठकको लागि जम्मा हुन थालेका छन् ।



