२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

छविलाल जोशीलाई बयानका लागि चितवन लगियो

काठमाडौं। चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार पूर्वडीआईजी जोशीका साथै रामबहादुर ढकाललाई चितवन ल्याइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता गराउने प्रहरीको तयारी छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन ल्याउने प्रहरीको तयारी छ ।

५ मंसिरमा २४ जना बचतकर्ताले साहारा सहकारीको रकम अपचलन गरेको भन्दै लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।

दोस्रो चरणको अनुसनधामा साहाराका बचतकर्ताले रवि र छविसँगै जीबी गु्रप अफ कम्पनीका शेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का शेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ, रामबहादुर खनालविरुद्ध उजुरी दिएका थिए ।

यसअघि गत ८ भदौमा साहारा सहकारी ठगी प्रकरणको मुद्दा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । अहिले विचाराधीन अवस्थामा रहेको उक्त मुद्दामा १७ जनालाई प्रतिवादी बनाइएको थियो ।

त्यतिबेला सहकारीका संस्थापक अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर गरी १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

त्यतिबेला ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालदै मुद्दा दायर गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com