२०८२ असार २४ - Tue Jul, 2025 -

Janasewa News

उद्योगको लाइन तीन महिनाका लागि जोडिएको हो : निर्देशक घिसिङ

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत् महसुल नतिर्ने उद्योगको लाइन तीन महिनाका लागि जोडिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा घिसिङले बोर्ड बैठकको निर्णय अनुसार तीन महिनाका लागि विद्युत् महसुल नतिर्ने उद्योगको लाइन जोडिएको भन्दै त्यसपछि पनि बक्यौता नतिरे आवश्यक प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले अदालत र लेखा समितिको आदेश अनुसार नै प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापतको बक्यौता रकम उठाउन खोजेको बताए ।

घिसिङले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापत अधिकांश उद्योगहरूले बिल अनुसारको रकम तिरिसकेको भन्दै केही उद्योगहरूको बाँकी रहेको जानकारी दिए । उनले डेडिकेटेड लाइनको बिलिङमा कुनै समस्या नरहेको उल्लेख गरे ।

बैठकमा ऊर्जामन्त्री दिपक खड्काले भने डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापतको रकम लिनुपर्नेमा सरकार स्पष्ट रहेको बताए । उनले उद्योगीहरूले आफ्नो उत्पादन तथा आयआर्जन गरी बाँकी रकम तिर्नसक्ने गरी विद्युत् लाइन नकाट्न भनिएको उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले उद्योगीहरूले बिलिङमा समस्या देखाएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए । समिति सदस्य प्रेम आलेले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका केहीले तिर्ने र केहीले नतिर्ने कारण बिलिङको समस्या रहेको गुनासो आएको उल्लेख गरे । प्राधिकरणले समयमा नै बिल नपठाउँदा बक्यौता नतिरेको भन्ने उद्योगीहरूको गुनासो सम्बोधन गर्न बिलिङमा देखिएको समस्या समाधान गर्नुपर्ने उनले बताए ।

त्यस्तै समिति सदस्य राजेन्द्र केसीले पनि बिलिङमा समस्या देखिएको गुनासो समाधान गर्न प्राधिकरणलाई सुझाव दिए ।​

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तान नभएको भन्दै प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल काटिएका लाइन जोड्न निर्देशन दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com