प्रचण्डले त्रासका कारण एमसीसी पास गरे : अध्यक्ष नारायणमान बिजुक्छे
जनसेवा न्युज संवाददाता
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु : पुखु (रानीपोखरी) को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने युद्धको नाममा १७र१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो।
जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दुस्खद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित बिपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।