२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

Janasewa News

१५ वर्षकी आफ्नै विद्यार्थीलाई जङ्गलामा लगेर बलात्कार गर्ने शिक्षक पक्राउ

अर्घाखाँची । जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक(पटक बलात्कार गरेको खुलेको जनाएको छ । यद्यपि प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् । उनले १५ वर्षीया आफ्नै विद्यार्थीलाई घर जनिकैको लगेर पटक(पटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको र पछिल्लो समय दैनिकजसो ती १५ वर्षीया नाबालिका विद्यार्थीलाई बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले निकालेको विज्ञप्तिमा पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पीडितका परिवारले दिएको उजुरीका आधारमा पीडक शिक्षलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com