२०८३ जेष्ठ २० - Wed Jun, 2026 -

Janasewa News

रेल उद्घाटनको सम्झनामा जनकपुरमा वृक्षारोपण

जनसेवा न्युज संवाददाता

जनकपुर–जयनगर–कुर्था रेलको उद्घाटन हुनु अगावै शनिवार जनकपुर स्टेसन परिसरमा वृक्षारोपण गरिएको छ । रेल उद्घाटन भएको दिनको सम्झनामा स्टेसन परिसरमा आँप, पाकड, पिपल, नीम, भन्सारी, वरगज लगायत प्रजातिको बिरुवा रोपिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले भन्सारी फुलको बिरुवा स्टेसन भित्रकै महावीर मन्दिर परिसरमा रोपेर वृक्षारोपणको उद्घाटन गरेका हुन् । जसरी रोपिएको बिरुवा हुर्कन्छ, त्यसरी नै नेपाल रेल्वे कम्पनीको वृद्धि विकास हुँदै जाने विश्वास लिइएको महाप्रबन्धक झाले बताए ।

उक्त अवसरमा अर्थ मन्त्रालयका उपसचिव गगन बहादुर बिके, रेल विभागका इन्जिनियर विनोद ओझा, मधेस प्रदेश वन निर्देशनालय जनकपुरका प्रमुख सुरेश शर्मा, श्री श्री श्री १०८ श्री महावीर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमल हाथी, नेपाल रेल्वे कम्पनीका प्रशासकीय अधिकृत तुला बहादुर डाँगी लगायतको वृक्षारोपण कार्यक्रममा उपस्थिति थियो । वृक्षारोपण पछि नेपाल रेल्वे विभाग, नेपाल रेल्वे कम्पनी, अर्थ मन्त्रालय लगायतका प्रतिनिधि सहितको टोली जयनगर प्रस्थान गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com