२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिए

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिए

जनसेवा न्युज डटकम संवाददाता

प्रकाशित : ९ बैशाख, २०७९

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहिबार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको बताएकी छन् । उनले कलाकारको रुपमा आजको दिनसम्म माया, सद्भाव र समर्थन दिएको प्रति सबैमा हार्दिक आभार समेत प्रकट गरेकी छन् ।

‘कलाकारको रुपमा मेरो हरेक उतार चढापको साक्षी बन्नु भएकोमा मेरो प्रिय दर्शकसँग विवाह समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु’ उनले अगाडि लेखेकी छन् ‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादको अपेक्षा गरेका छौं ।’ उनले सबैको माया, साथ र सद्भाव सधै कायम रहने विश्वास समेत राखेकी छन् ।

केकीले काठमाडौंको धापासीमा परिवार र निकट आफन्तको उपस्थितिमा रोहितसँग विवाह गरेकी हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com