२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ।

युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व शान्तिको कामना गर्दै आरोहणका लागि क्याम्प २ पुगेका छन् । दुवै क्याम्प १ बाट क्याम्प २ मा पुगेर संयुक्त अभ्याससमेत गरिरहेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४४ पुरुष गरी कुल ३१७ जनाले आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ६८ लाख ५१ हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

अघिल्लो वर्ष सन् २०२१ को वसन्तयामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहडाबाट चार सय आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com