लिखु तामाकोशीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
जनसेवा न्युज डटकम संवाददाता
रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका केशव महत ५ हजार ११२ मत ल्याएर विजयी बन्दा एमालेका कमलप्रसाद कडरिया चार हजार ८ मतमा रोकिए ।
त्यस्तै उपाध्यक्षमा एमालेका दीपा पाख्रिन ४ हजार १२६ मत ल्याएर निर्वाचित बन्दा काँग्रेसकी सरस्वती गुरुङ ३९ सय ३३ मतमा सिमित बनिन् ।