२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

स्वतन्त्रबाट लमजुङमा चार वडाध्यक्ष निर्वाचित

स्वतन्त्रबाट लमजुङमा चार वडाध्यक्ष निर्वाचित

जनसेवा न्युज डटकम संवाददाता

लमजुङको आठ स्थानिय तहमध्ये चारमा नेपाली कांग्रेसले जितेको छ भने चारमा एमालेले जितेको छ । लमजुङका ७५ वडामध्ये चार वडाध्यक्षमा स्वतन्त्रका निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राइनास नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवार देउबहादुर पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनले कांग्रेसका सुनील बख्रेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका पौडेलले बागी उम्मेदवारी दिएका थिए । उनी ४ सय ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका बख्रेलले २ सय ७७ मत ल्याए ।

बेंसीसहर नगरपालिका ६ मा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उठेका प्रकाश थापाले वडाध्यक्ष जितेका छन् । उनले ५ सय २२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भइरहँदा एमालेका नरबहादुर रिमालले ४ सय ९७ मत पाएका थिए । कांग्रेसका उद्धव बस्नेतले ३ सय ४३ मत ल्याएका छन् । दूधपोखरी गाउँपालिका ३ मा माओवादी समर्थित स्वतन्त्र उम्मेदवार श्याम गुरुङले वडाध्यक्ष जितेका छन् ।

गठबन्धनले उक्त वडा माओवादीको भागमा पारेको र माओवादीले औतराम तामाङले टिकट दिएपछि मीनले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी मनोनयन दर्ताका दिन हेलिकोप्टर चार्टड गरेर आएका उनले २ सय २८ मत प्राप्त गरेर वडाध्यक्ष जिते । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याए । एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् ।

दोर्दी गाउँपालिका ३ मा गठबन्धनले माओवादी केन्द्रका कुलप्रसाद श्रेष्ठलाई टिकट दिएपछि कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका थिए । उनले ३ सय ७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका श्रेष्ठले ३ सय ४० मत ल्याए । एमालेका लोकराज घिमिरेले १ सय २२ मत ल्याएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com